भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिन्छौँ : एस जयशंकर
नयाँ दिल्ली । भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने चेतावनी दिएका छन् । इरानी विदेशमन्त्री अब्बास अराघचीसँगको भेटमा जयशंकरले यो चेतावनी दिएका हुन् ।
भारत–इरान मैत्री सन्धिको ७५ औँ वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अराघची भारत भ्रमणमा छन् । जयशंकरले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेर यसबारे जानकारी दिए ।
अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणको बारेमा इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै उनले भने, ‘यो आक्रमणले हामीलाई सीमापार आक्रमण गर्न बाध्य बनायो।’ भारतीय विदेशमन्त्रीले २२ अप्रिलमा पहलगाम आक्रमणपछि, भारतले मे ७ मा ‘आतंकवादी ठेगाना’हरूलाई लाई लक्षित गर्दै सीमापार आक्रमण गरेको स्पष्ट पारे ।
जयशंकरले भने- ‘हामी तनाव बढाउन चाहँदैनौँ, तर यदि हामीविरुद्ध सैन्य कारबाही गरियो भने हामी धेरै कडा प्रतिक्रिया दिनेछौँ भन्नेमा कुनै शंका छैन ।’ जयशंकरले इरानी विदेशमन्त्री अराघचीलाई भने– ‘नजिकको साझेदारको रूपमा, तपाईँले परिस्थितिको बारेमा राम्ररी जानकार हुनु महत्त्वपूर्ण छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण