बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बिहीबार, २५ वैशाख २०८२, ०९ : ०४
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । 

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल  हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप