जनताको असन्तुष्टि सम्बोधन हुनेगरी सरकारको नीति तथा कार्यक्रम आएनः केसी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जनताको असन्तुष्टिलाई सम्बोधन गर्नेगरी सरकारको नीति तथा कार्यक्रममा नयाँ दृष्टिकोण र विचार आउन नसकेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा केसीले ठुला दल मिलेर बनेको सरकारले सामाजिक गतिशीलता बुझ्न नसकेको र जनताको असन्तुष्टिलाई सम्बोधन हुने गरि नयाँ दृष्टिकोण र विचार ल्याउन नसकेको बताएका हुन् ।
उनले आम जनतामा निराशा, असन्तुष्टि र अराजकतापूर्ण नकारात्मक स्थिति निर्माण भइरहेको अवस्थामा सरकारको कार्यक्रम राष्ट्रको समस्या समाधान गर्ने तर्फ नदेखिएको जिकिर गरे ।
त्यस्तै सांसद केसीले सीमान्तकृत र निरपेक्ष गरिबी रेखामुनि रहेका नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको कार्यक्रममा केन्द्रित हुनुपर्ने धारणा राखे ।
मुलुक ऋणको भारी र भ्रष्टाचारको महामारीले सिकिस्त बिरामी रहेको भन्दै केसीले भ्रष्टाचार, कुशासन, विधिविहीनता र दण्डहीनतालाई निर्ममतापूर्वक नियन्त्रण गर्ने कुराको प्रतिवद्धता र इच्छाशक्ति सरकारको कार्यक्रममा कम देखिएको उल्लेख गरे ।
उनले सरकार दण्डबिहिनता र भ्रष्टाचार कुशासनको संरक्षकको रूपमा रहेको भाष्य नेपाली जनतामा रहेकोमा त्यसलाई निराकरण गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।
केसीले दुई तिहाइको समर्थनको सरकारले १० महिनाभित्र पुँजीगत खर्च एक तिहाइ पनि गर्न नसक्नुलाई कति सक्षम वा असक्षम भन्ने कुरा सरकारले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता रहेको तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण