शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

रातोपाटीकर्मी शाही सम्मानित

बिहीबार, २५ वैशाख २०८२, १८ : ५२
बिहीबार, २५ वैशाख २०८२

सुर्खेत । रातोपाटीकर्मी पंखबहादुर शाही सम्मानित भएका छन् । कर्णाली प्रदेशस्थित वीरेन्द्रनगर नगरपालिकाले बिहीबार ४९ औँ स्थापना दिवसका अवसरमा रातोपाटीकर्मी शाहीलाई सम्मान गरेको हो । 

नगरपालिकाका विभिन्न गतिविधिहरुलाई पत्रकारिताको माध्यमबाट जनतामाझ सु—सुचित गर्ने, पृष्ठपोषण दिने लगायतका प्रशंसनिय योगदान गरे वापत शाहीलाई सम्मान गरिएको हो । 

शाहीलाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल सम्मानपत्र प्रदान गरेका थिए । सम्मानपत्र ग्रहण कार्यक्रमका वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटा पनि सहभागी थिए ।

त्यसअवसरमा नगरपालिकाका कर्मचारीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । त्यस्ै वरिष्ठ कलाकर्मी प्रेमदेव गिरी, भीमबहादुर कार्की, गंगा केसी र वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीलाई पनि सम्मानित गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप