बीसीसीआईद्वारा आईपीएलका बाँकी सबै खेल रद्द
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट रद्द गरेको छ । शुक्रबारदेखि आईपीएलका बाँकी खेलहरु आयोजना हुने छैनन् । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर आईपीएलमा परेको हो ।
दुबै राष्ट्रले एक–अर्काविरुद्ध सैन्य कारवाही सुरु गरेका कारण बीसीसीआईले आईपीएल रद्द गर्ने निर्णय लिएको हो । दुबै देशबिच तनाव सुरु भएपछि आईपीएल खेलाइने स्टेडियमहरुमा बम आक्रमणको धम्की प्राप्त भएका थिए ।
आईपीएलका खेलहरु पनि प्रभावित बनेका थिए । पछिल्लो घटनाक्रमपछि आईपीएल खेलिरहेका विदेशी खेलाडीहरु पनि निकै त्रसित देखिएका छन् । उनीहरु भारत छाडेर स्वदेश फर्कन चाहन्छन् । यी सबै पक्षलाई ध्यानमा राखेर आईपीएल रद्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आईपीएलको १८औँ संस्करणमा हालसम्म ५८ खेल खेलिसकिएको छ । बीसीसीआईले सरकार र आईपीएलमा सहभागी सबै टोलीसँग सल्लाह गरेर यस्तो निर्णय लिइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण