भारत र पाकिस्तानमा क्रिकेट खेलिरहेका इङ्ल्यान्डका यी चर्चित दाजु–भाइ सुरक्षालाई लिएर चिन्तित

काठमाडौँ । तीव्र रूपमा विकसित हुँदै गएको भारत र पाकिस्तानबिचको पछिल्लो घटनाक्रमको असर प्रत्यक्ष रूपमा क्रिकेटमा पनि परेको छ । दुवै राष्ट्रले एकअर्काविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि क्रिकेटका प्रतियोगिताहरू पनि चपेटामा परेका हुन् ।
सोही कारणले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अनिश्चित समयका लागि स्थगित गरिसकेको छ । बीसीसीआईको यो निर्णयसँगै आईपीएलको १८औँ संस्करण अन्यौलमा परेको छ ।
अर्कोतिर, भारत–पाकिस्तानबिचको सैन्य तनावको असर पाकिस्तान सुपर लिग (पीएसएल) पनि परेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि पीएसएलका बाँकी खेलहरू संयुक्त अरब इमिरेट्स (युएई) मा सार्ने निर्णय गरिसकेको छ ।
यसैबिच, इङ्ल्यान्डका दुई चर्चित क्रिकेटर दाजु–भाइ पनि भारत–पाकिस्तान सैन्य तनावबाट प्रभावित बनेका छन् । आईपीएलमा सहभागी विदेशी खेलाडीहरू तत्काल भारत छाडेर आफ्नो देश फर्कन चाहिरहेका छन् ।
त्यसैमध्ये २६ वर्षीय साम कर्रन पनि एक हुन् । उनी आईपीएलको १८औँ संस्करणमा चेन्नई सुपर किङ्सबाट खेलिरहेका छन् । आईपीएल स्थगित भएपछि अब उनी तत्काल स्वदेश फर्कनेछन् । उनका दाजु टम कर्रन भने अहिले पीएसएल खेलिरहेका छन् ।
३० वर्षीय टम कर्रन पीएसएल क्लब लाहोर कलन्दर्समा आबद्ध छन् । तर, पीएसएल युएईमा सारिएकाले उनी तत्काल स्वदेश फर्कन पाउने छैनन् । दाजु र आफ्नो सुरक्षाको विषयलाई लिएर निकै चिन्तित रहेको साम कर्रनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् राशिफल
-
यसरी फिर्ता हुँदै छ लिच्छविकालीन इखा पुखु (तस्बिरहरू)
-
रुपन्देहीमा पेस्तोलसहित दुई युवा पक्राउ
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति