आगलागी
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
शुक्रबार, २६ वैशाख २०८२, १८ : २३
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ ठमेल सातघुम्ती चोक नजिक आगलागी भएको छ ।
शुक्रबार दिउँसाे साढे १२ बजेको समयमा उर्मिला श्रेष्ठको ४ तले पक्कि घरको दोस्रो तलामा आगालागी भएको प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाले बताए ।
उनका अनुसार दोस्रो तला राजन श्रेष्ठले भाडामा लिई फुलमुन क्लबमा सञ्चालन गरेका थिए । विद्युत् सर्ट भई आगलागी हुँदा दोस्रो र तेस्रो तलामा क्षती भएकाे प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।
आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ । आगलागी काठमाडौँ महानगरपालिकाको तीन वटा दमकल, बुढानिलकण्ठ नगरपालिकाको एउटा दमकल,पानी ट्याङकर,नेपाल प्रहरी र स्थानिय सहायताले एक घण्टापछि आगालागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण