लस भेगसमा नेजाको नवौँ अधिवेशन सुरु

काठमाडौँ । नेपाल-अमेरिका पत्रकार संघ (नेजा)को नवौं अधिवेशन अमेरिकाको लस भेगस सहरमा सुरु भएको छ । प्रमुख अथिति नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा आइतबार उद्घाटन गरेको अधिवेशनमा नेपाल र अमेरिकाबाट पत्रकारका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको अध्यक्ष सुरज भण्डारीले जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार कबीर राणा, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष यशोदा तिमल्सिना, पूर्व महासचिव ओम शर्मा, एनआरएनए अमेरिकाका संरक्षक सुमन थापालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्मला शर्माले पत्रकार बाँच्यो भने मात्रै बोल्न पाउने अधिकार सुनिश्चित हुने उल्लेख गर्दै समाज रुपान्तरणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले नेजामा नेपालमै जस्तो राजनीति हुन नहुने भन्दै एकताबद्ध भएर अघि बढ्न आग्रह गरिन् । सो अवसरमा उनले नयाँ पुस्तालाई समेटेर अघि बढ्न समेत नेजालाई सुझाव दिइन् ।
यसैगरी नेपाल पत्रकार महासंघकी यस्तै पूर्व उपाध्यक्ष यशोदा तिम्सिनाले पनि एकताबद्ध नेजामा जोड दिँदै अधिवेशन सफलताको शुभकामना दिइन् । यसैगरी नेपाल पत्रकार महासंघका पूर्व महासचिव ओम शर्माले नेजामा विवाद नगरी राजनीति भन्दा माथि उठेर काम गर्दा सबैकाे हित हुने धारणा राखे । उनले भने, ‘नेतृत्वमा जो आएपनि संस्थाको पक्षमा काम होस् । नेजा एकताबद्ध हुनुपर्छ ।' उनले अमेरिकामा सिकेका ज्ञान र सिपलाई समाचार तथा लेखमार्फत प्रस्तुत गरेर नेपाल सरकारलाई झकझक्याइरहन पनि आग्रह गरे ।
कार्यक्रममा अध्यक्ष सुरज भण्डारीले आफ्नो कार्यकालमा भएका कामकारबाहीको जानकारी गराउनुका साथै संस्थाको नेतृत्व गर्दाका तिता मिठा कुरा सुनाए भने अन्य अथितिहरुले पनि अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
रोशन अधिकारीले स्वागत मन्तव्य दिएको कार्यक्रममा नेजाको स्मारिका समेत विमोचन गरिएको थियो । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने बताएको छ।
नेजा उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा
-
१० बजे १० समाचार : थपियो बेरुजु, अर्का पूर्वसैनिकविरुद्ध डिफ्युजन नोटिस
-
कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार
-
सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त