४० वर्षदेखि टर्कीमा जारी सशस्त्र संघर्ष अन्त्य गर्ने पीकेकेको घोषणा

इस्तानबुल । ४ दशकदेखि टर्कीको राज्यसत्तासँग संघर्षमा रहेको सशस्त्र समूह द कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) ले आफूलाई विघटन गर्दै सशस्त्र संघर्ष अन्त्य गर्ने घोषणा गरेको छ । समूहसँग निकट रहेको एक समाचार एजेन्सीले सोमबार यसबारे जानकारी दिएको रोयटर्सले बताएको छ ।
पीकेकेको यो निर्णयले सो क्षेत्रमा व्यापक राजनीतिक र सुरक्षा क्षेत्रमा हलचल ल्याउने अपेक्षा गरिएको छ । विशेष गरेर इराक र सिरियामा जहाँ कुर्दिस शक्तिले अमेरिकासँग सहकार्य गरिरहेको छ । पीकेकेले सन् १९८४ मा सशस्त्र विद्रोह सुरु गरेको थियो । यसलाई टर्की र उसका पश्चिममा सहयोगीहरूले आतंकवादी समूह करार गरेको छ । सशस्त्र संघर्ष सुरु भएपछि हालसम्म ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेको छ ।
फिरात समाचार एजेन्सीका अनुसार सो समूहले भनेको छ, ‘पीकेकेले आफ्नो ऐतिहासिक मिसन पूरा गरेको छ ।’ समूहले गत हप्ता उत्तरी इराकमा आफ्नो अन्तिम महाधिवेशन आयोजना गरेको थियो । ‘पीकेकेको १२ औँ कंग्रेसले यसको संस्थागत संरचना विघटन गर्ने र सशस्त्र संघर्ष अन्त्य गर्ने निर्णय गरेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रपति तैयप एर्डोगानको एके पार्टीका प्रवक्ता ओमेर सेलिकले पीकेकेको निर्णय ‘आतंकमुक्त टर्की’ निर्माणतर्फ एक महत्त्वपूर्ण कदम भएको बताए । टर्कीका विदेशमन्त्रीले तत्कालै यस घोषणाबारे प्रतिक्रिया जनाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी