आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत

सोमबार, २९ वैशाख २०८२, १४ : १३
सोमबार, २९ वैशाख २०८२

वासिङ्टन डिसी । अमेरिका र चीन एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुवै देशले आगामी ९० दिनको लागि आफ्नो पारस्परिक कर ११५ प्रतिशतले घटाउने बताएका हुन्।

स्विट्जरल्याण्डमा भन्सार शुल्कको बारेमा अमेरिका र चीनबिच वार्ता भएको थियो। त्यो छलफलपछि सोमबार यो सम्झौताको घोषणा गरिएको हो।

us f

छलफलपछि बेसेन्टले वार्तालापलाई ‘उत्पादक र रचनात्मक’ भनेर वर्णन गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानहरूमा भारी कर लगाएपछि दुई देशबिचको यो पहिलो बैठक थियो।

ट्रम्पले चिनियाँ आयातमा १४५% सम्मको भन्सार शुल्क लगाए भने चीनले केही अमेरिकी उत्पादनहरूमा १२५% सम्मको भन्सार शुल्क लगाएको छ।

यी भारी शुल्कहरूले वित्तीय बजारमा उथलपुथल निम्त्यायो भने विश्वव्यापी मन्दीको डर बढाएको थियो ।

अब चिनियाँ आयातमा अमेरिकी भन्सार कर ९० दिनको लागि ३०% मा घटाइनेछ भने अमेरिकी आयातमा चिनियाँ भन्सार कर १०% मा घटाइनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप