हेडलाइनमा आउन आफ्नो नाम प्रयोग गरेको भन्दै अभिनेत्री मावरा आक्रोशित

काठमाडाैँ । भारत र पाकिस्तानबीचको तनावको असर यतिबेला दुई देशको फिल्म उद्योगमा पनि देखिएको छ । २०१६ मा आएको बलिउड फिल्म ‘सनम तेरी कसम’का अभिनेता हर्षवर्धन राणेले पहिलो फिल्मको काष्ट दोहोरिएमा आफुले दोस्रो पार्टमा काम नगर्ने भनेका छन् ।
यसको जवाफमा, पाकिस्तानी अभिनेत्री मावरा हुसैनले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक विज्ञप्ति जारी गरेकी छन् । लज्जास्पद भन्दै युद्ध जस्तो अवस्थामा प्रचारको लागि यस्तो बयान दिनु गलत भएको मावराको भनाइ छ । यस्तो गम्भीर परिस्थितिमा फिल्मको कुरा गर्नु अत्यन्तै असंवेदनशील भएको उनले पोष्टमा लेखेकी थिइन् ।
‘यो सब पीआर स्टन्ट हो’
‘मलाई थाहा छैन कि यसलाई दुर्भाग्यपूर्ण, दुःखद वा हास्यास्पद के भनौं.... जुन व्यक्तिसँग मैले केही समझदारीको अपेक्षा गरेको थिएँ, त्यो गहिरो निद्राबाट ब्यूँझिएको छ र त्यो पनि पीआर रणनीतिका साथ । आफ्नो वरिपरि हेर्नुस्, के भइरहेको छ ! हामी सबैले विस्फोटको आवाज सुनेका छौं... मेरा देशका निर्दाेष बालबालिकाहरू कायरतापूर्ण र गैरकानूनी आक्रमणमा मारिए, निर्दाेषको ज्यान गयो । हामीले शान्ति कायम राख्न बारम्बार प्रयास गर्यौं, तर पनि जब हाम्रो सेनाले जवाफ दियो, तपाईंको तर्फबाट अराजकता मच्चियो । हाम्रा देशहरू युद्धमा रहेको बेला तपाईंले भन्नु पर्ने भनेको केवल ध्यान खिच्नको लागि मात्र पीआर बयान हो ??? कस्तो लाजमर्दो कुरा !’ हुसेनले आफ्नो इन्स्टाग्राम स्टोरीमा हर्षवर्धन राणेको टिप्पणीको जवाफ दिँदै लेखेकी छिन् ।
‘मैले जो जोसँग काम गरेको छुँ, ती सबैलाई सधैं सम्मान, माया र धन्यवाद दिएको छुँ र अगाडि पनि यस्तै गरिरहनेछुँ । मलाई एउटा प्रोजेक्टको अफर आयो र मैले हुन्छ भनेँ । तिमीले जस्तै म कहिल्यै घृणा फैलाउने छैन । यस्तो नाजुक समयमा यस्ता घोषणा गर्नु लज्जास्पद मात्र होइन, अनौठो पनि छ, तिम्रो भोक र निराशा स्पष्ट रूपमा देखिन्छ । हाम्रा देशहरू युद्धमा छन् ...दुई आणविक शक्तिहरू आमनेसामने छन् । यो फिल्मबारे छलफल गर्ने, एकअर्काको मजाक उडाउने वा कसैलाई होच्याउने समय होइन । यसले तिम्रो असंवेदनशीलता र अज्ञानता मात्र देखाउँछ । यस्तो लाग्छ कि तिम्रो त मिडिया मात्र होइन, आफैंले पनि होश गुमाएका छौं ।’ अझ अगाडि उनले लेखेकी छिन् ।
आफ्नो नाम प्रयोग गरेर हेडलाइनमा आएको आरोप
आफ्नो नाम प्रयोग गरेर र ९ वर्ष पुरानो पहिचान अनि सम्मानलाई नष्ट गरेर हेडलाइन बनिरहेको भए तिमी गलत मानिसहरूले घेरिएको छौं भनेर पनि मावराले हर्षवद्र्धनलाई भनेकी छिन् । युद्ध जस्तो गम्भीर परिस्थितिलाई व्यक्तिगत लाभको लागि प्रयोग गर्नु बिल्कुल गलत भएको पनि उनले लेखेकी छिन् । ‘धेरैको ज्यान गयो.... यो एकदमै नाजुक समय हो । तिमीले त्यसरी नै आफ्नो इज्जत गुमायाैँ । म मेरो देशका सैनिकहरू र दुवै पक्षका नागरिकहरूको लागि प्रार्थना गर्दैछु... र मेरो अर्को फिल्म कस्तो हुनुपर्छ भनेर सोचिरहेको छैन । भगवानले सबैलाई वुद्धि दिउन्.... मेरो लागि मेरो देश पहिले आउँछ । ३पाकिस्तान)जिन्दाबाद’ पोष्टमा अझ अगाडि लेखिएको छ ।
हर्षवर्धनले अस्वीकार गरेका थिए मावरासँग काम गर्न
‘यद्यपि म यो अनुभवको लागि कृतज्ञ छु, तर जस्तो खालको परिस्थिति छ र यस्तोमा मेरो देशबारे गरिएका टिप्पणीहरू पढेपछि, मैले निर्णय गरेको छुँ कि यदि अघिल्ला फिल्मकै काष्ट दोहोर्याइने सम्भावना छ भने, म सम्मानपूर्वक सनम तेरी कसमको भाग २ को हिस्सा बन्न अस्वीकार गर्नेछुँ ।’ हालै पाकिस्तानी अभिनेत्री मावरा हुसेनबारे हर्षवर्धन राणेले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘चाँदीजस्ता टल्किने हिमाल फलामजस्ता काला भए, विकल्पमा जाऊँ’
-
राज्यले थेग्न नसक्ने भयो, सामाजिक सुरक्षालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्छ : गोकर्ण विष्ट
-
महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश, छलफलका लागि बोलाइयो
-
बजेटमा निजी क्षेत्रको माग : खाडीमा पानी बेचेर करोडौँ विदेशी मुद्रा नेपालमा भित्र्याऔँ
-
सांसद केसीको प्रश्न : २२ वर्षदेखि निर्माणाधीन पुष्पलाल राजमार्ग किन बनेन ?
-
बाढीबाट अवरुद्ध बीपी राजमार्ग खुल्यो