सहिद लक्ष्मी फुयाल स्मृति प्रतिष्ठानको भवन शिलान्यास
विराटनगर । मोरङको कानेपोखरी–५ भौंसाबारीमा सहिद लक्ष्मी फुयाल स्मृति प्रतिष्ठानको भवन शिलान्यास गरिएको छ । कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा सांसद गणेश उप्रेती (सुशील), सांसद गीता तिम्सिना र सहिद लक्ष्मी फुयालकी पत्नी चुनमाया फुयालले भवनको शिलान्यास गरेका हुन् ।
कोशी प्रदेश सरकारको शहरी विकास तथा भवन निर्माण कार्यालयले चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटमध्ये १७ लाख १२ हजार २०६ रुपैयाँको लागत स्टिमेटअनुसार भवन निर्माण सुरु भएको प्रतिष्ठानका अध्यक्ष दुर्गाबहादुर कार्कीले बताए । भवन निर्माणको ठेक्का आर्यपुत्र इन्फ्रा एण्ड कन्ट्रक्सनले लिएको हो ।
जनयुद्धको क्रममा सहिद बनेका लक्ष्मी फुयालको परिवारले प्रतिष्ठानलाई १७ धुर जग्गा दान दिएको थियो । सोही जग्गामा दुई तलाको भवन निर्माण गर्ने योजनाअनुसार काम सुरु भएको कार्कीले जानकारी दिए । भवन निर्माण सम्पन्न गर्नका लागि अझै ५० लाख रुपैयाँ आवश्यक पर्ने उनले बताए ।
भवनको शिलान्यास गर्दै पूर्वमन्त्री उप्रेतीले प्रदेश सरकारले निर्माणाधीन र अधुरा रहेका संरचनाका लागि बजेट विनियोजन गर्नुपर्ने बताए । उनले भवन निर्माण सम्पन्न गर्नका लागि आफूले पहल गर्ने बताए । यस्तै सांसद गीता तिम्सिनाले पनि आफ्नो तर्फबाट प्रतिष्ठानको भवन निर्माणलाई सहयोग गर्न बताइन् ।
अध्यक्ष कार्कीले कानेपोखरी गाउँपालिकाभित्रबाट जनयुद्धमा सहभागी भएर सहिद भएकाहरू ९ जनाको प्रतिष्ठान परिसरमा शालिक राख्ने, सहिद परिवारलाई प्रतिष्ठान मार्फत सहयोग गर्ने र समाज परिवर्तनमा सकारात्मक पहल गर्ने उद्देश्य रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण