बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

सरकारले कृषि क्षेत्रमा ठोस नीति नल्याउँदा परनिर्भर हुनुपर्‍यो : सांसद केसी

बुधबार, ३१ वैशाख २०८२, १४ : ४१
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । सांसद राजेन्द्र केसीले नेपालको कृषि क्षेत्रमा सरकारले ठोस नीति नल्याउँदा परनिर्भर हुनु परेको बताएका छन् । 

उनले बुधबार प्रतिनिधिसभामा भएको प्री बजेट छलफलमा बोल्दै उनले धनिया लगायत कृषि उपज वस्तु आयात गर्नुपर्ने दयनीय अवस्था रहेको बताए । 

‘धनियादेखी बकुल्ला सम्म आयात(इम्पोर्ट) गर्ने अनि सुतीसुती खाने ? पोखराको सुन्तला मुस्ताङको स्याउ १ अर्बको उत्पादन भएको छ । त्यहाँको ८० प्रतिशत स्याउ उत्पादन गर्ने भूमी सार्वजनिक छ । यो जग्गा करारमा स्याउ खेती गर्न दिइनुपर्छ ,’ उनले भने,‘आयात रोक्ने होभने मुस्ताङमा स्याउ लगाऔँ । गोरखादेखि पोखरासम्म सुन्तला लगाऔँ ।’ 

माटो र हावापानीअनुसारका कृषिबाली लगाउने व्यवस्था गर्नुपर्ने उनले बताए । यस्तै नेपाली किसानको धान सरकारले खरिद नगरिँदिँदा सस्तो मूल्यमा भारतमा बेच्न बाध्य भएको र फेरी सरकारले महँगो मूल्यमा चामल खरिद गरिरहेको बताए ।

‘अब कृषिलाई भाषणमात्र नभएर कृषि उत्पादन आयात गर्दैनौँ भनेर ठोस नीतिका साथा अघि बढ्नुपर्‍यो  । उत्पादनमा जोड दिनुपर्ने उत्पादन रोजगारी र श्रमलाई सँगसँगै जोड दिऔँ । कृषि उपजमा आत्मनिर्भर हुनसकेमात्र ३ खर्ब बढी बचाउँछौँ ।’ उनले ४० लाख युवालाई नेपाल फर्काउन सकिए देशको मुहार फेरिने समेत बताए । 

कसरी मुलुक कृषिजन्य वस्तुमा आत्मनिर्भर हुन सक्छ भनेर सरकारले ध्यान दिनुपर्नेमा उनले जाेड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप