प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
बिहीबार, ०१ जेठ २०८२, ०७ : ३०

समाचार सारांश
- प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ।
- बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन पेस हुनेछ।
- कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन पनि पेस हुनेछ।
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहनेछ।
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१र०८२ पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता
-
१२ बजे १२ समाचार: प्रदेश सांसद अख्तियारको नियन्त्रणमा, भारतीय विमान दुर्घटना
-
अहमदाबाद विमान दुर्घटनाबारे ट्रम्पले भने– उड्डयन इतिहासकै भयानक दुर्घटना
-
अपडेट: अनेरास्ववियुको अध्यक्षमा कडरिया ११३ मतले अगाडि
-
तीनकुने घटनामा आदेश आउन ढिलाइ, अदालतबाहिर नाराबाजी
-
अनेरास्ववियुको मतगणनामा कडरियाको सुरुवाती अग्रता