वित्तीय जोखिम मूल्याङ्कनको रेड जोन माछापुच्छ्रेमा सबैभन्दा कम बेरुजु
बिहीबार, ०१ जेठ २०८२, ०६ : १६
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका जिल्लामै कम बेरुजु भएको पालिकामा दर्ज भएको छ । महालेखा परीक्षकको नयाँ प्रतिवेदन अनुसार माछापुच्छ्रे गाउँपालिका सबै भन्दा कम बेरुजु हुने पालिका घोषित भएको हो ।
माछापुच्छ्रेमा यो वर्ष ३६ लाख ६२ हजार बेरुजु थपिएको छ । यो पूरा बजेटको ०.२४ प्रतिशत हो । माछापुच्छ्रेमा गत वर्षको जिम्मेवारी ८ करोड ९० लाख छ । यस्तै, वित्तीय जोखिम मूल्याङ्कनमा सबैभन्दा उत्कृष्ट पालिका भए पनि रुपा गाउँपालिका दोस्रो कम बेरुजु भएको पालिका हो ।
यहाँको बेरुजु ५० लाख ३५ हजार अर्थात् ०.६६ प्रतिशत बेरुजु देखिएको हो । कास्कीका ५ पालिकामध्ये सबैभन्दा बढी बेरुजु पोखरा महानगरको छ । मादीमा २ करोड ४१ लाख बेरुजु छ भने अन्नपूर्णमा २ करोड १८ लाख थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण