चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र
बिहीबार, ०१ जेठ २०८२, ०८ : ०१

चितवन । चितवनको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशत मात्र खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनयता हालसम्म पुँजीगत खर्च रु तीन अर्ब ९६ करोड ७३ लाख ५६ हजार ९२० भएको जनाएको हो ।
जिल्लाको समग्र विकासका लागि रु आठ अर्ब ७८ करोड ४४ लाख ११ हजार ६९१ विनियोजन गरिएको थियो । जिल्लाका विकास निर्माण गर्ने आयोजनाले निर्माणको काम गरिरहेको भए पनि भुक्तानी मागको काम आवको अन्त्यमा गर्ने भएकाले पुँजीगत खर्च कम भएको कोष नियन्त्रक ऋषि अधिकारीले जानकारी दिए ।
यो कार्यालयले चालु आवमा चालु खर्च ८० दशमलव २१ प्रतिशत गरेको छ । चालु खर्चका लागि रु १३ अर्ब छ करोड ७१ लाख २४ हजार ९८० विनियोजन गरिएकोमा रु १० अर्ब ५१ करोड ९५ लाख २० हजार ८१० खर्च भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष आर्थिक क्षेत्र प्राधिकरणको कर्मचारी नियुक्तिमा महालेखाको प्रश्न
-
बहराइनविरुद्ध नेपालले पहिले बलिङ गर्ने
-
सांसद थिङको सरकारलाई प्रश्न : अविवाहितमाथि विभेद गरी बढी कर उठाउन लाज लाग्दैन ?
-
आईएमएफले पाकिस्तानलाई दियो १ अर्ब डलर
-
नारायण र स्वरूपराजको सहकार्यमा ‘स्वार्थी संसार’ सार्वजनिक
-
प्रस्ट कार्ययोजना र प्रतिवद्धतापछि मात्रै संसद् भवनको म्याद थप हुन्छ : उपप्रधानमन्त्री सिंह