भौतिक र शहरी मन्त्रालयले गर्यो बैङ्कमा प्रविष्ट नभएका ५ हजार ७६७ आयोजनामा बजेट विनियोजन
काठमाडौँ । भौतिक पूर्वाधार मन्त्रालय र शहरी विकास मन्त्रालयले बैङ्कमा प्रविष्ट नभएका ५ हजार ७६७ आयोजनामा बजेट विनियोजन गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले ६२ औ प्रतिवेदन प्रस्तुत गर्दै पहिलो प्राथमिकता नभएका आयोजनामा बजेट विनियोजन गरेको पाइएको जनाएको छ ।
‘दुई मन्त्रालयको पहिलो प्राथमिकताका आयोजना ५ हजार ३६८ वटा रहेकोमा ११ हजार १३५ आयोजनामा बजेट विनियोजन भएकोले बैङ्कमा प्रविष्ट नभएको आयोजनाहरुमासमेत बजेट विनियोजन भएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ,‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम २६ मा आयोजना बैङ्कमा प्रविष्ट नभएको आयोजनामा बजेट विनियोजन गर्न नहुने उल्लेख छ ।
आयोजना बैङ्कमा प्रविष्ट १८ हजार १२ आयोजनामध्ये चालु अवस्थाका ७ हजार ७०५ आयोजना रहेका छन् सोमध्ये शहरी विकास मन्त्रालयअन्तर्गतका २ हजार १८३ आयोजना तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ३ हजार १८५ आयोजना रहेका छन् ।
शहरी विकास मन्त्रालयको ३ हजार ९९० वटामा बजेट विनियोजन भएको छ भने ८०५ वटा प्रविष्ट नभएको आयोजनामा बजेट विनियोजन गरिएको पाइएको छ ।
यस्तै भौतिक पूर्वाधार मन्त्रालयले ७ हजार १४५ वटा आयोजनामा बजेट विनियोजन गरेकोमा बैङ्कमा प्रविष्ट नभएका ४ हजार ९६२ वटा आयोजनामा बजेट विनियोजन गरेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा ब्राजिलको खस्कँदो लय: भिनिसियसको जादुले छोप्यो टोलीको कमजोरी
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण