स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
ताप्लेजुङ । मैवाखोला गाउँपालिका–५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट चोरी भएका ल्यापटप एक वर्षपछि फेला परेका छन् ।
ह्युमन प्राक्टिस फाउन्डेसनको सहयोगमा शैक्षिक गुणस्तर सुधारका लागि उपलब्ध गराइएका ११ वटा ल्यापटपमध्ये हराइरहेका आठवटा ल्यापटप फेला परेका गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए ।
विद्यालयलाई हस्तान्तरण भएको केही समयमै अर्थात् २०८० साल पुस २२ गते राति अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरेको थियो । घटनालगत्तै विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो । खोजीका क्रममा तीन वटा ल्यापटप मात्र बरामद भएका थिए ।
प्रहरी, शिक्षक र वडाअध्यक्षको टोलीले सोही वडाको पित्तोलुङ भन्ने स्थानमा बाँकी आठवटा ल्यापटप बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला पारेको अध्यक्ष वनेमले बताए । विद्यालयजस्तो पवित्र ठाउँबाट यस किसिमका सामुदायिक सम्पत्तिको चोरी हुनु निकै निन्दनीय र चिन्ताजनक विषय भएको उनको भनाइ छ ।
घटनाको गम्भीर अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न र यस्ता अपराधीलाई संरक्षण नगर्न सरोकारवालाहरूलाई वनेमले आग्रहसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण