लोकतन्त्रमा जे गरे पनि हुन्छ भन्ने अराजक मान्यता विकसित भयो : एमाले सांसद रिजाल
सारांश
- एमाले सांसद ईश्वरबहादुर रिजालले प्रमुख प्रतिपक्ष दलले जनतामा भ्रम छर्ने काम गरेको आरोप लगाए।
- उनले लोकतन्त्रमा अराजक भएर अभ्यास गर्ने मान्यता विकसित भएको बताए।
- रिजालले प्रतिपक्षले जनतालाई भ्रम छर्ने भूमिका खेलेको भन्दै आपत्ति जनाए।
- उनले संविधान च्यात्न थालेको भन्ने गलत सन्देश दिएको भन्दै प्रतिपक्षको आलोचना गरे।
काठमाडौँ । नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले प्रमुख प्रतिपक्ष दलले जनतामा भ्रम छर्ने काम गरेको आरोप लगाएका छन् । लोकतन्त्रमा जे गरे पनि हुन्छ भन्ने किसिमले अराजक भएर लोकतन्त्रको अभ्यास गर्ने मान्यता विकसित भएको उनले जिकिर गरे ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै रिजालले जनताको प्रतिनिधि भएर जनतालाई भ्रम छर्ने किसिमको भूमिका निभाउने काम प्रमुख प्रतिपक्षले गरेको भन्दै आपत्ति जनाए । सांसद रिजालले भने, ‘प्रमुख प्रतिपक्ष दलको नेताले संविधानलाई देखाएर के भन्नुहुन्छ भने, अब यो संविधान त च्यात्न थाले सबै दलहरूले । किनभने यहाँ जता हेर्दा पनि प्रचण्ड र माओवादी मात्रै देख्छन्, यो च्यात्न थालेका छन् भन्ने गलत सन्देश दिनुहुन्छ, त्यो बिल्कुल होइन । २०६४ सालमा माओवादी जताततै थियो, त्यो बेलामा संविधान मानेको भए मान्न सकिन्थ्यो, २०७० सालमा त माओवादी कतै कतै मात्रै भयो, संविधानमा पनि कतै कतै छ । यहाँ सबै दल छन्, जनताका प्रतिनिधि सबै छन् ।’
सांसद रिजालले जनतामा चिन्ता पैदा हुने सन्देश नदिन प्रतिपक्ष दलहरूको ध्यानाकर्षण गराए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण