गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेकाे छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा अनेक खालका चलखेल भइरहेको आरोप लगाएका छन् ।
मध्यपहाडी लोकमार्ग आन्तर्गत सुदूरपश्चिम स्थिति बैतडीको पाटनबाट शुक्रबार सुरु भएको जागरण अभियानको उद्घाटन गर्दै उनले सुशासनको खिलापमा सरकार अगाडि बढिरहेको आरोप लगाए ।
‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो । सरकारले अहिलेसम्म नियुक्त गर्न सकेको छैन । त्यसमा अनेक खलाका चलखेल भइराखेको छ । यी सबै कारणले यो सरकार विल्कुल गलत दिशामा गइराखेको छ’, उनले भने, ‘राष्ट्र र जनताको हितविपरित गइराखेको छ । मजदुर किसानको हितविपरित गएको छ । हामीले सरकारलाई चुनौती दिएर हिँडेका छौँ । अझै पनि मध्यपहाडी मार्गमा खबरदारी गर्दै जानेछौँ ।’
प्रतिपक्षी दलको खबरदारीलाई सरकारले सुन्न नचाहिरहेको भन्दै प्रचण्डले जनताको आवाजलाई बेवास्ता गरेर भ्रष्टाचार र विकृतिलाई संरक्षण गरे ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिए ।
साथै मध्यपहाडी लोक मार्ग माओवादीको पहलमा निर्माण भएको उनले दाबी गरे । १८८९ किलोमिटर भित्र पर्ने १० वटा ठुला स्मार्ट सिटी बनाउने अवधारणा माओवादीकै अगुवाइमा भएको जिकिर समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
नागरिकलाई न्याय दिलाउन स्थानीय अदालत आवश्यक छ
-
‘जनताको घरदैलोमा न्याय दिन स्थानीय अदालत चाहिन्छ’
-
भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण