भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना
सारांश
- भक्तपुर क्यान्सर अस्पतालले आइसियूसहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ, जसले बाल क्यान्सर बिरामीको उपचारमा सहयोग गर्नेछ।
- अस्पतालका अनुसार दैनिक एक हजार बिरामी ओपिडीमा आउने गर्छन्, र अस्पतालमा शय्याको अभाव छ।
- अस्पतालले बालबालिकाको क्यान्सरको उपचार निःशुल्क गर्दै आएको छ, जसमा केमोथेरापी र औषधिहरू समावेश छन्।
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (आइसियू) सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ । बाल क्यान्सरका बिरामी बढ्दै गए पनि छुट्टै वार्ड नहुँदा उपचारमा समस्या आएकाले चार शय्याको आइसियू, सात शय्याको डे केयर र वार्डसहित १५ शय्याको वार्ड सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजाराम तजलेले जानकारी दिए ।
क्यान्सर अस्पतालमा दैनिक एक हजार जना बिरामी बहिरङ्ग सेवा (ओपिडी) का लागि आउने गरेको बताउँदै उनले १३० शय्यामा सञ्चालन अस्पताल हाल आधा घण्टाका लागिसमेत शय्या खाली नहुने अवस्था आएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत तजेलले बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि एक महिनादेखि १४ वर्षमुनिका बच्चालाई निःशुल्क उपचार, केमोथेरापीसहितको निःशुल्क औषधि वितरण भइरहेको जानकारी दिँदै एक वर्षमा १५० जना क्यान्सर रोग लागेका बालबालिकाको उपचार भएको बताए ।
अस्पतालकी बालरोग विशेषज्ञ डा रितु लामिछानेले बाल क्यान्सर बढ्दो अवस्थामा रहेका र हाल अस्पतालमा दैनिक २० देखि ३० जना बालबालिका क्यान्सरको बहिरङ्ग सेवा लिन आउने गरेको बताइन् । उनले बाल क्यान्सरका बिरामी राख्ने ठाउँ नभएर छुट्टै वार्ड सञ्चालनमा ल्याउनु परेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण