सरिता गिरीको सांसद पदसम्बन्धी मुद्दा अझै सुनुवाइमै
सारांश
- सरिता गिरीको मुद्दा अझै किनारा लागेको छैन, जसलाई समाजवादी पार्टीले सांसद पदबाट हटाएको थियो।
- पार्टी ह्विप उल्लंघन गरेपछि गिरीलाई पार्टीबाट निष्कासन गरिएको थियो र उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
काठमाडौँ । समाजवादी पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि अघिल्लो प्रतिनिधिसभामा सांसद पद गुमाएकी सरिता गिरीको मुद्दा अझैँ किनारा लागेको छैन । आइतबार एघारौँ पटक उक्त मुद्दाको पेसी न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ ।
संविधान संशोधनको पक्षमा भोट गर्न पार्टीले ह्विप गरेकोमा गिरीले मतदान गरेकी थिइनन् । त्यसपछि ह्विप उल्लङ्घन गरेको भन्दै साधारण सदस्य नरहने गरी पार्टीले कारबाही गरेको थियो । पार्टीको साधारण सदस्य पनि नरहेपछि उनी पदमुक्त भएकी थिइन् ।
पार्टीले गरेको कारबाही विरुद्ध गिरीले २०७७ असार २८ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । असार ३० गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि बोलाएको थियो ।
साउन ११ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै बाँकी विषयमा मुद्दाको निरूपणका क्रममा व्याख्या गरिने आदेश गरेको थियो । तर हालसम्म पनि उक्त मुद्दा निरूपण हुन नसकेको हो ।
उक्त रिटमाथिको पेसी तीन पटक स्थगित र पाँच पटक हेर्न नभ्याइने हुँदै आइतबार पुनः सुनुवाइका लागि पेसी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण