सरिता गिरीको सांसद पदसम्बन्धी मुद्दा अझै सुनुवाइमै

समाचार सारांश
- सरिता गिरीको मुद्दा अझै किनारा लागेको छैन, जसलाई समाजवादी पार्टीले सांसद पदबाट हटाएको थियो।
- पार्टी ह्विप उल्लंघन गरेपछि गिरीलाई पार्टीबाट निष्कासन गरिएको थियो र उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
काठमाडौँ । समाजवादी पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि अघिल्लो प्रतिनिधिसभामा सांसद पद गुमाएकी सरिता गिरीको मुद्दा अझैँ किनारा लागेको छैन । आइतबार एघारौँ पटक उक्त मुद्दाको पेसी न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ ।
संविधान संशोधनको पक्षमा भोट गर्न पार्टीले ह्विप गरेकोमा गिरीले मतदान गरेकी थिइनन् । त्यसपछि ह्विप उल्लङ्घन गरेको भन्दै साधारण सदस्य नरहने गरी पार्टीले कारबाही गरेको थियो । पार्टीको साधारण सदस्य पनि नरहेपछि उनी पदमुक्त भएकी थिइन् ।
पार्टीले गरेको कारबाही विरुद्ध गिरीले २०७७ असार २८ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । असार ३० गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि बोलाएको थियो ।
साउन ११ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै बाँकी विषयमा मुद्दाको निरूपणका क्रममा व्याख्या गरिने आदेश गरेको थियो । तर हालसम्म पनि उक्त मुद्दा निरूपण हुन नसकेको हो ।
उक्त रिटमाथिको पेसी तीन पटक स्थगित र पाँच पटक हेर्न नभ्याइने हुँदै आइतबार पुनः सुनुवाइका लागि पेसी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै आयुष दुलाल
-
जनमत पार्टीका कोषाध्यक्ष रिहा
-
यी हुन् बागमतीका मेयर र उपमेयरविरूद्ध अख्तियारले लगाएका आरोपहरू
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह