सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

केएल राहुलको शतक, दिल्लीले दियो २ सय रनको लक्ष्य

आइतबार, ०४ जेठ २०८२, २१ : ३७
आइतबार, ०४ जेठ २०८२

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्ससामु जितका लागि २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार अरुण जेट्ली स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९९ रन बनाएको हो ।

दिल्लीका लागि ओपनर केएल राहुलले शानदर शतक बनाए । उनले ६५ बलको सामना गर्दै नटआउट रहेर ११२ रनको योगादन दिए । उनले १४ चौका र ४ छक्का प्रहार गरे । प्रतियोगितामा उनको यो पाँचौँ शतक हो ।

त्यस्तै, अभिषेक पोरेलले १९ बलमा ३० रन जोडे । उनले १ चौका ३ छक्का हिर्काए । कप्तान अक्षर पटेलले २५ रन तथा ट्रिस्टन स्टब्सले २१ रन बनाए । गुजरातका लागि अर्शद खान, प्रसिद्ध कृष्णा र साई किशोरले १–१ विकेट लिए ।

दिल्ली र गुजरात दुवै प्लेअफका लागि स्थान सुरक्षित गर्ने धुनमा छन् । गुजरात ११ खेलबाट १६ अंक बटुल्दै लिगको तेस्रो स्थानमा छ । समान खेलबाट दिल्ली १३ अंकसहित पाँचौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप