केएल राहुलको शतक, दिल्लीले दियो २ सय रनको लक्ष्य
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्ससामु जितका लागि २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार अरुण जेट्ली स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९९ रन बनाएको हो ।
दिल्लीका लागि ओपनर केएल राहुलले शानदर शतक बनाए । उनले ६५ बलको सामना गर्दै नटआउट रहेर ११२ रनको योगादन दिए । उनले १४ चौका र ४ छक्का प्रहार गरे । प्रतियोगितामा उनको यो पाँचौँ शतक हो ।
त्यस्तै, अभिषेक पोरेलले १९ बलमा ३० रन जोडे । उनले १ चौका ३ छक्का हिर्काए । कप्तान अक्षर पटेलले २५ रन तथा ट्रिस्टन स्टब्सले २१ रन बनाए । गुजरातका लागि अर्शद खान, प्रसिद्ध कृष्णा र साई किशोरले १–१ विकेट लिए ।
दिल्ली र गुजरात दुवै प्लेअफका लागि स्थान सुरक्षित गर्ने धुनमा छन् । गुजरात ११ खेलबाट १६ अंक बटुल्दै लिगको तेस्रो स्थानमा छ । समान खेलबाट दिल्ली १३ अंकसहित पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ? (सूचीसहित)
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण