गोलरहित बराबरीले धकेलियो इटालियन सिरी’एको उपाधि छिनोफानो
सोमबार, ०५ जेठ २०८२, ०६ : ०५

काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको नापोलीलाई उपाधि कब्जाको मुखैमा आएर ठक्कर लागेको छ । नापोलीको उपाधि यात्रामा पर्मा तगारो बनेको हो ।
३७ औं खेलमा पर्माले नापोलीलाई गोल गर्न दिएन । यी दुई बीचको खेल बराबरीमा टुंगिएसँगै उपाधि छिनोफानो हुन सकेन । उपाधि जित्न नापोलीका लागि अब ३८ औं खेल निर्णायक हुने छ । ३७ खेलबाट नापोलीको ७९ अंक भएको छ । दोस्रो स्थानको इन्टर मिलानको समान खेलबाट ७८ अंक छ ।
त्यसकारण नोपालीले ३८ औं खेल जित्नै पर्ने हुन्छ । नापोली फेरि बराबरीमा रोकिए र इन्टर विजयी भए उपाधि नतिजा उल्टिन सक्छ । यस्तै, अर्को खेलमा युभेन्ट्सले जित निकाल्दै आफुलाई च्याम्पियन्स लिगका लागिग झण्डै सुरक्षित गरेको छ । एएस रोमा भने एक अंकले पछि परेको छ ।