सम्झौताअनुसार भारत–नेपाल सीमा नाका खोल्न भारतीय नेतासमक्ष आग्रह
सारांश
- सांसद अब्दुल खानले भारत-नेपाल सीमामा बाँकी नाका खोल्न भाजपा नेतामार्फत भारतीय सरकारसँग आग्रह गरेका छन्।
- २००९ को सम्झौता अनुसार बैतडीसम्म खोलिने भनिएका पाँच नाकामध्ये एक अझै बन्द रहेको र बर्दिया र बहराइचको सीमामा पर्ने नाका खोल्न उनले आग्रह गरेका छन् ।।
- नाका बन्द हुँदा राजस्व संकलन प्रभावित भएको, स्थानीयलाई आवागमनमा समस्या र चोरी बढेकोले तत्काल नाका खोल्न अनुरोध गरिएको छ।
काठमाडौँ । प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिका सभापति तथा सांसद् अब्दुल खानले भारत–नेपाल सीमा क्षेत्रमा बाँकी रहेको नाका खोल्न भारतीय जनता पार्टी (भाजपा) का नेता डा. विजय जोलीमार्फत भारतीय सरकारसमक्ष आग्रह गरेका छन्।
खानले डा.जोलीलाई सोमबार एक औपचारिक पत्रमार्फत सन् २००९ मा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह र नेपाली प्रधानमन्त्री माधवकुमार नेपालबीच भएको सम्झौताअनुसार भारतको ठुठीबारीदेखि नेपालको बैतडीसम्म खोलिने भनिएका पाँचवटा सीमा नाकामध्ये हालसम्म चारवटा मात्र सञ्चालनमा आएको र बाँकी एक नाका अझै बन्द रहेको बताएका छन्।
उक्त बन्द सीमा नाका विशेषगरी नेपालको बर्दिया जिल्ला र भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको सीमामा पर्दछ। खानले भारततर्फको लौकही–राजनवा र नेपालतर्फको गणेशपुर–रत्नपुर क्षेत्रलाई सीमा नाका खोल्नका लागि उपयुक्त स्थानका रूपमा उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘सीमा नाका बन्द रहँदा दुवै देशको सरकारको राजस्व संकलन प्रभावित भएको छ भने स्थानीय जनताले आवागमन, व्यापार, शिक्षा, स्वास्थ्य र पारिवारिक भेटघाटमा कठिनाइ भोगिरहेका छन्। चोरी र घुसपैठ पनि सामान्य हुन थालेको छ।’
सांसद खानले नेपालको प्रतिनिधिसभामा पटक–पटक उठिसकेको यो विषयमा नेपाल सरकार आफैँले आफ्ना भू–भागमा भन्सार कार्यालय खोल्न तयार रहेको जानकारी गराउँदै भारतले पनि अनुकुल स्थानमा भन्सार कार्यालय खोलेर सन् २००९ को सम्झौतालाई कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।
पत्रमार्फत खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष यो विषय तत्काल उठाइदिन डा.जोलीलाई अनुरोध गरेका छन्। उनले सीमा तथा भन्सार नाका सञ्चालनबाट दुवै देशबीच व्यापार, सांस्कृतिक आदानप्रदान र सम्पर्क सञ्जालमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण