सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

गगन थापाले भने, ‘कांग्रेसभित्र अहिले उकुसमुकुस छ’

सोमबार, ०५ जेठ २०८२, १८ : ०१
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र उकुसमुकुस, गुनासो र असन्तुष्टि रहेको बताए। उनले सरकारमा रहेर पनि कांग्रेसीजन खुशी नभएको उल्लेख गरे।
  • थापाले कांग्रेस अबको पुस्ताका लागि संकल्प गर्ने बेला आएको बताए। उनले पार्टीले खोजेको कुरा अझै पूरा नभएको र नेपाल बन्दैन भन्ने भाष्यप्रति चिन्तित हुनुपर्ने बताए।
  • उनले विपी कोइरालाको जीवनमा आधारित पुस्तक विमोचन समारोहमा कांग्रेसको अवस्थाबारे धारणा राखे। पार्टी नेपालको राष्ट्रिय शक्ति भएको र यसलाई अझै सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो।

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा सुवास घिमिरेले लेख्नुभएको विपी कोईरालाको जीवन कथामा आधारित पुस्तक सान्दाजुको लोकोर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले कांग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गरे । उनले कांग्रेसमा एउटा अवसर पनि रहेको बताए । उनले कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि कांग्रेसकै रहने बताए । उनले अब गभर्नर पनि काँग्रेसकै भागमा रहेको बेलामा पनि कांग्रेसीजनमा खुशी नरहेको बताए ।

महामन्त्री थापाले भने, ‘अब हाम्रो जेनेरेशनको साथीहरुले एउटा संकल्प गर्ने बेला आएको छ । नेपाली काँग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ । उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ । तर म एउटा अवसर पनि छ भनिरहेको छु । नेपाली काँग्रेस पार्टीका सन्दर्भमा हामीले लामो समयदेखि टेक्निकल र ब्युरोकेटिक कुरा गर्‍यौँ । चुनावको कुरा, चुनाव जित्नुपर्छ भन्यौँ । को उम्मेदवार बन्ने कुरा गर्‍यौँ । हामीले अहिले चुनाव जितेका छौँ, नेपालको सबैभन्दा ठूलो पार्टी हो हामी अहिले । हामी सबैतिर सरकारमा छौँ । हामी नभएको ठाउँ नै छैन । पालिकामा, वडामा, संघमा सरकार, प्रदेशमा सरकार । अहिले हामीले बनाएका प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो । अब सबै हाम्रो । अब गभर्नर हाम्रो, उ हाम्रो, जताततै हाम्रो । खुशी हुनुपर्ने नि त काँग्रेस त । सबै हाम्रो भएको बेलामा किन खुशी नभएको त ? हामीले खोजेको त्यो होइन रहेछ ।’

महामन्त्री थापाले कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको बताए । उनले नोपली समाजमा एउटा उकुसमुकुस रहेको बताउनु भयो । बाहिर आउने र जानेकुरा चलिरहने बताए । 

उनले नेपाल बन्दैन भन्ने भाष्यप्रति चिन्तित हुनुपर्ने बताए । कांग्रेसलाई गनगन गर्ने र भाग्ने ठाउँ नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप