मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

ग्याँस सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भयो : सांसद कोइराला

मङ्गलबार, ०६ जेठ २०८२, ११ : ३०
मङ्गलबार, ०६ जेठ २०८२

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले ग्याँस सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कोइरालाले एलपी ग्याँस सिलिन्डर साट्दा ठग्ने काम गरिएको भन्दै आपत्ति जनाएकी हुन् । 

उनले एलपी ग्याँसका धेरै प्रकारका सिलिन्डरहरू बजारमा रहेको र ग्याँस अभावको नाटक गरेर सिलिन्डर साट्न लगाइ ठग्ने काम गरिएको बताइन् । उनले भने, ‘एलपी ग्याँसका धेरै प्रकारका सिलिन्डरहरू बजारमा छन् । तर कहिले कहिले कम्पनीअनुसार ग्याँस अभाव गरिन्छ । ग्याँसको अभाव भएको लामो समयपछि उपभोक्ताले ग्याँस लिन जाँदा यो कम्पनीको ग्याँस छैन, सिलिन्डर साट्नुस् भनिन्छ । सिलिन्डर साट्न कसैले पाँच सय, कसैले हजार तिरेर बाध्यतामा पारेर उपभोक्ताहरूले सिलिन्डर साट्छन् । सरकारको अनुगमन गर्ने निकाय छैन ? सभामुखज्यू यो देशमा । ग्याँस एउटै । अलग अलग कम्पनी दर्ता गराइसकेपछि सिलिन्डर साट्नका लागि उपभोक्ताहरूसँग किन फेरि पैसा थपिन्छ ? सरकारले यस्ता कामको निगरानी गरोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप