ग्याँस सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भयो : सांसद कोइराला
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले ग्याँस सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कोइरालाले एलपी ग्याँस सिलिन्डर साट्दा ठग्ने काम गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले एलपी ग्याँसका धेरै प्रकारका सिलिन्डरहरू बजारमा रहेको र ग्याँस अभावको नाटक गरेर सिलिन्डर साट्न लगाइ ठग्ने काम गरिएको बताइन् । उनले भने, ‘एलपी ग्याँसका धेरै प्रकारका सिलिन्डरहरू बजारमा छन् । तर कहिले कहिले कम्पनीअनुसार ग्याँस अभाव गरिन्छ । ग्याँसको अभाव भएको लामो समयपछि उपभोक्ताले ग्याँस लिन जाँदा यो कम्पनीको ग्याँस छैन, सिलिन्डर साट्नुस् भनिन्छ । सिलिन्डर साट्न कसैले पाँच सय, कसैले हजार तिरेर बाध्यतामा पारेर उपभोक्ताहरूले सिलिन्डर साट्छन् । सरकारको अनुगमन गर्ने निकाय छैन ? सभामुखज्यू यो देशमा । ग्याँस एउटै । अलग अलग कम्पनी दर्ता गराइसकेपछि सिलिन्डर साट्नका लागि उपभोक्ताहरूसँग किन फेरि पैसा थपिन्छ ? सरकारले यस्ता कामको निगरानी गरोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण