दयाहाङको ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुने
काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुने भएको छ । फिल्म जुलाई पहिलो सातादेखि बेलायतको ४० भन्दा बढी हलमा प्रदर्शन हुनेछ ।
नवीन सुब्बा निर्देशित फिल्म बेलायतका लागि वितरण कम्पनी ‘अन्डरग्राउन्ड स्लेट’ ले किनेको हो । ‘अन्डरग्राउन्ड स्लेट’ले दुई वर्षका लागि फिल्म वितरण अधिकार किनेको जनाएको छ । अन्डरग्राउन्ड स्लेटका सह–संस्थापकले ग्याब्रिएल वेट्जले निर्देशक नवीन सुब्बाको फिल्म प्रदर्शनको लागि सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताएका छन् ।
निर्देशक सुब्बाले नेपाली फिल्मलाई अझै पनि विश्वस्तर दर्शकमाझ प्रर्याप्त रूपमा प्रदर्शन गर्न नसकेको बताए । उनले नेपाली फिल्म विश्वस्तरमा पुर्याउन यस्तो अन्तर्राष्ट्रिय सहकार्य महत्त्वपूर्ण रहेको धारणा राखे ।
फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रसन राईको मुख्य भूमिका छ । फिल्मले गाउँमा पुगेको सडकले एउटा परिवारमा ल्याएको परिर्वतन र त्यसले निम्त्याएको चुनौती कथा बनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण