दयाहाङको ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुने

काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुने भएको छ । फिल्म जुलाई पहिलो सातादेखि बेलायतको ४० भन्दा बढी हलमा प्रदर्शन हुनेछ ।
नवीन सुब्बा निर्देशित फिल्म बेलायतका लागि वितरण कम्पनी ‘अन्डरग्राउन्ड स्लेट’ ले किनेको हो । ‘अन्डरग्राउन्ड स्लेट’ले दुई वर्षका लागि फिल्म वितरण अधिकार किनेको जनाएको छ । अन्डरग्राउन्ड स्लेटका सह–संस्थापकले ग्याब्रिएल वेट्जले निर्देशक नवीन सुब्बाको फिल्म प्रदर्शनको लागि सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताएका छन् ।
निर्देशक सुब्बाले नेपाली फिल्मलाई अझै पनि विश्वस्तर दर्शकमाझ प्रर्याप्त रूपमा प्रदर्शन गर्न नसकेको बताए । उनले नेपाली फिल्म विश्वस्तरमा पुर्याउन यस्तो अन्तर्राष्ट्रिय सहकार्य महत्त्वपूर्ण रहेको धारणा राखे ।
फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रसन राईको मुख्य भूमिका छ । फिल्मले गाउँमा पुगेको सडकले एउटा परिवारमा ल्याएको परिर्वतन र त्यसले निम्त्याएको चुनौती कथा बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागूऔषध सहित एक जना पक्राउ
-
पूर्वराजा र बालेन शाहबिच भेट भएकै हो ?
-
धितोपत्र बोर्डले गर्यो दुई ऋणपत्र, दुई हकप्रद सेयर स्वीकृत
-
नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलबाट मौद्रिक नीति तय गर्छौँ : गभर्नर पौडेल
-
विपद्लाई प्रमुख प्राथमिकतामा राखेर व्यवस्थापनका लागि तयार रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
भूमि सम्बन्धी विधेयकमा कांग्रेसको अड्को, अघोषित विरोध