अदालत
सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश
बुधबार, ०७ जेठ २०८२, १७ : ३१
सारांश
- सर्वोच्च अदालतले राप्रपा युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न आदेश दिएको छ।
- केसीलाई फेसबुकमा स्टाटस लेखेर सरकारको आलोचना गरेको आरोपमा पक्राउ गरिएको थियो।
- अधिवक्ता राजकुमार श्रेष्ठले केसीको पक्राउ र थुनाको विरुद्धमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न आदेश दिएको छ । बुधबार केसीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले सो आदेश दिएको हो ।
फेसबुकमा स्टाटस लेखेर सरकारको आलोचना गरेका कारण केसी पक्राउ परेका थिए । सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार श्रेष्ठले केसी पक्राउ र पक्राउको आदेश विरुद्ध शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘साथीलाई मारेँ’ भन्दै प्र्याङ्क भिडियो बनाउने युवती पक्राउ
-
कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणी, ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
-
यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण