अदालत
सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश
बुधबार, ०७ जेठ २०८२, १७ : ३१

समाचार सारांश
- सर्वोच्च अदालतले राप्रपा युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न आदेश दिएको छ।
- केसीलाई फेसबुकमा स्टाटस लेखेर सरकारको आलोचना गरेको आरोपमा पक्राउ गरिएको थियो।
- अधिवक्ता राजकुमार श्रेष्ठले केसीको पक्राउ र थुनाको विरुद्धमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न आदेश दिएको छ । बुधबार केसीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले सो आदेश दिएको हो ।
फेसबुकमा स्टाटस लेखेर सरकारको आलोचना गरेका कारण केसी पक्राउ परेका थिए । सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार श्रेष्ठले केसी पक्राउ र पक्राउको आदेश विरुद्ध शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनसहित थप ३ ठाउँमा अख्तियारको छापा
-
बनेपामा अवैध गहना निर्माण र बिक्रीमा संलग्न ५ जना पक्राउ
-
पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
-
लफडै लफडाबिच अख्तियारमा पठाइयो लिङ्देन संयोजकत्वको प्रतिवेदन
-
गोरखामा करेन्ट लागेर एक वृद्धको मृत्यु
-
गाउँपालिकाको नक्कली छाप र लेटरप्याड प्रयोग गरी राजस्व सङ्कलन आराेपमा दुई जना पक्राउ