मुम्बईको जितसँगै आईपीएल २०२५ को प्लेअफ समीकरण पूरा

काठमाडौँ । मुम्बई इन्डियन्सले डिल्ली क्यापिटल्सलाई हराएसँगै २०२५ को इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ समीकरण पूरा भएको छ। बुधबार वाङ्खडे स्टेडियममा भएको खेलमा मुम्बईले दिल्लीमाथि ५९ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८० रन बनाएको थियो। मुम्बईले दिएको १८१ रनको विजय लक्ष्य पछाएको दिल्ली १८.२ ओभरमा अल आउट हुँदै १२१ रनमा सीमित बन्यो।
दिल्लीका लागि समिर रिज्भिले सर्वाधिक ३९ रनको पारी खेले। उनले ३५ बलमा ६ चौका र १ छक्का प्रहार गरे। ओपनिङमा आएका के एल राहुल ११ रनमा क्याचआउट हुँदा उक्त खेलमा कप्तानीको जिम्मेवारी पाएका फास्ट डु प्याल्सिसले ६ रन बनाए। विपराज निगमले २० र अस्तो शर्माले १८ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्।
दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका बलर जसप्रीत बुम्राह र मिचेल स्यान्टरले समान ३-३ विकेट लिए। ट्रेन्ड बोल्ट, दीपक चहार, विल ज्याक्स र करन शर्माले १-१ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको मुम्बईका लागि सूर्यकुमार यादवले उत्कृष्ट पारी खेले। उनले ४३ बलमा सात चौका र चार छक्कासहित ७३ रनमा अविजित रहँदै टिमका लागि सम्मानजनक लक्ष्य बनाएका थिए।
ओपनिङमा आएका रायन रिकेल्टोनले २५ रन बनाए। विल ज्याक्सले २१, तिलक वर्माले २७ रन बनाउँदा नमान धीर २४ रनमा अभिजित रहे।दिल्लीका लागि बलिङतर्फ मुकेश कुमारले सर्वाधिक दुई विकेट लिए । दुश्मनथा चमेरा, मुस्ताफीजुर रहमान र कुलदिप यादवले १-१ विकेट लिए।
मुम्बईसँग पराजित हुँदै दिल्लीले आफ्नो प्लेअफ सम्भावना सकिएको छ। यससँगै गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स ब्याङ्गलोर, पन्जाब किङ्स र मुम्बईले प्लेअफमा स्थान सुरक्षित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ : राजेन्द्रलक्ष्मी गैरे
-
जेठ १५ गतेदेखि आन्दोलन गर्न लागेका राजावादीले एकाएक किन स्थगित गरे तीन दिने अभियान ?
-
लोडसेडिङ बन्द गर्न माग गर्दै हितेन्द्रलाई ज्ञापनपत्र
-
चीनको छलाङबाट नेपालका कम्युनिस्टले के सिक्ने ?
-
उडिरहेको अवस्थामा भीषण असिना–पानीले विमानको अघिल्लो भाग नै फुटाइदियो
-
चीनले श्रममा केन्द्रित भएर विकास गर्यो, हामीले यसलाई सिकेनौँ