कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य छन् : सभापति देउवा
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू कम रहेको बताए ।
- देउवाले स्व. खगेन्द्रराज रेग्मीको योगदानको प्रशंसा गर्दै उहाँ त्यागी र लोभलालच नभएको व्यक्ति रहेको बताए ।
- देउवाका अनुसार पार्टीमा रेग्मी जस्ता समर्पित व्यक्तिहरू कम छन् र उनको स्मृतिमा लेख लेखिनुपर्छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताएका छन् । शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै देउवाले स्व। रेग्मी त्यागी र कुनै किसिमको लोभ लालच नभएको व्यक्ति रहेको बताएका हुन् ।
पार्टीमा यस्ता व्यक्तिहरू धेरै कम रहेको उनको भनाइ छ । उनले भने, ‘ धेरै कम नेपाली कांग्रेसीहरू यस्ता छन् । सच्चा मानेमा नेपाली कांग्रेसको हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेका छन् । उहाँलाई पछि भेट्न पाइन मलाई दुःख लागिरहेको छ । उहाँ अत्यन्तै समर्पित साथी हो । त्यस्ता साथीहरू हाम्रो पार्टीमा नगण्य छन् भने पनि हुन्छ ।’
सभापति देउवाले स्व। रेग्मीको बारेमा लेखहरू लेखेर आम जनमानसमा उनको छविबारे उजागर गर्न जरुरी रहेको बताए । -न्युज एजेन्सी नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण