नेपाल राष्ट्र बैङ्क
शेयर बजारलाई गभर्नर पौडेलकाे ‘सरप्राइज गिफ्ट’ : सेयर कर्जाको जोखिम भार १०० प्रतिशतमा झारियो
आइतबार, ११ जेठ २०८२, १९ : ३१
सारांश
- सरकारले सेयर धितो कर्जाको जोखिम १०० प्रतिशतमा झारेको छ। यो निर्णय मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि लिइएको हो।
- लगानीकर्ताहरूले सेयर धितोको जोखिम भार घटाउन माग गर्दै आएका थिए।
- नवनियुक्त गभर्नर पौडेलले लगानीकर्तालाई सरप्राइज गिफ्ट दिएका हुन्।
काठमाडौँ । सरकारले सेयर धितो कर्जाको जोखिम १०० प्रतिशतमा झारेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो ।
शेयर धितोको जोखिम भार घटाउनुपर्छ भन्नेमा शेयर लगानीकर्ताले माग गर्दै आएका थिए ।अघिल्लो नेतृत्वले यो विषय सुनुवाइ गरेको थिएन ।
केही दिनअघि मात्रै नयाँ गभर्नरको रूपमा नियुक्त भएका विश्वनाथ पौडेलले लगानीकर्तालाई सरप्राइज गिफ्ट दिएका हुन् । याे निर्णयले बैंङ्क तथा वित्तीय संस्थाले सेयर धिताेमा प्रवाह गरेकाे कर्जाकाे प्राेभिजन घटाउने छ । यसले त्यस्ताे कर्जाकाे लागत समेत घटाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण