सोमबार, १२ जेठ २०८२
ताजा लोकप्रिय
नेपाल राष्ट्र बैङ्क

शेयर बजारलाई गभर्नर पौडेलकाे ‘सरप्राइज गिफ्ट’ : सेयर कर्जाको जोखिम भार १०० प्रतिशतमा झारियो

आइतबार, ११ जेठ २०८२, १९ : ३१
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • सरकारले सेयर धितो कर्जाको जोखिम १०० प्रतिशतमा झारेको छ। यो निर्णय मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि लिइएको हो।
  • लगानीकर्ताहरूले सेयर धितोको जोखिम भार घटाउन माग गर्दै आएका थिए।
  • नवनियुक्त गभर्नर पौडेलले लगानीकर्तालाई सरप्राइज गिफ्ट दिएका हुन्।

काठमाडौँ । सरकारले सेयर धितो कर्जाको जोखिम १०० प्रतिशतमा झारेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो । 

शेयर धितोको जोखिम भार घटाउनुपर्छ भन्नेमा शेयर लगानीकर्ताले माग गर्दै आएका थिए ।अघिल्लो नेतृत्वले यो विषय सुनुवाइ गरेको थिएन ।

केही दिनअघि मात्रै नयाँ गभर्नरको रूपमा नियुक्त भएका विश्वनाथ पौडेलले लगानीकर्तालाई सरप्राइज गिफ्ट दिएका हुन् । याे निर्णयले बै‌ंङ्क तथा वित्तीय संस्थाले सेयर धिताेमा प्रवाह गरेकाे कर्जाकाे प्राेभिजन घटाउने छ । यसले त्यस्ताे कर्जाकाे लागत समेत घटाउने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप