भन्सार प्रमुखमाथि कुटपिट आरोपमा नगर प्रहरी निरीक्षकसहित चार जना पक्राउ

कैलाली। कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको अभियोगमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा निरीक्षक धामीका साथै उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र हवल्दार मणिदत्त भट्ट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार भन्सार प्रमुख तिमिल्सिनाले दायर गरेको,अभद्र व्यवहार,सम्बन्धी किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार शनिबार राति नगर प्रहरी टोलीले कैलाली भन्सार कार्यालयमा प्रवेश गरी प्रमुख भन्सार अधिकृत तिमिल्सिनामाथि कुटपिट गरेका थिए। घटनाको पुष्टि कार्यालयमा जडान गरिएको सीसीटीभी फुटेज सार्वजनिक भएपछि भएको हो।
प्रहरी निरीक्षक धामीलाई कञ्चनपुरको झलारीबाट र अन्य तीन जनालाई धनगढीबाट सोमबार बिहान नियन्त्रणमा लिइएको हो। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
प्लास्टिक प्रदूषणले निम्त्याएको वातावरणीय विपत्ति
-
कैलालीमा मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ, ८ वटा मोटरसाइकल बरामद
-
लुम्बिनी प्रदेशका तीन औद्योगिक क्षेत्र : बजेट र सरकारी पहलले जगायो निर्माणको आशा, उद्योगी उत्साहित
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु
-
कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते