टेन हाग लेभरकुजनको नयाँ प्रशिक्षक नियुक्त
सोमबार, १२ जेठ २०८२, १६ : ३९
म्युनिख । म्यानचेस्टर युनाइटेडका पूर्व म्यानेजर एरिक टेन हाग बायर लेभरकुजनका नयाँ प्रशिक्षक नियुक्त भएका छन् । उनले जर्मन क्लबसँग दुई वर्षको करार सम्झौता गरेका हुन् ।
ज्याभी ओलोन्सो क्लब छाडेर रियल मड्रिडको नयाँ म्यानेजर बनेपछि टेन हागले उनको स्थान लिएका हुन् । गत वर्षको अक्टोबरमा म्यानचेस्टर युनाइटेड छाडेपछि ५५ वर्षीय डच प्रशिक्षक कामविहीन थिए ।
दुई वर्ष ओल्ड ट्रफोडमा रहँदा उनले काराबाओ क्लब र एफए कप जितेका थिए । तर, टोली प्रिमियर लिगमा १४ औँ स्थानमा रहेपछि क्लबले उनलाई बर्खास्त गरेको थियो ।
युनाइटेडअघि उनी आयाक्सका म्यानेजर रहेका थिए । सन् २०१८ देखि २०२२ सम्म क्लबले ३ वटा डच लिग उपाधिसहित २ वटा घरेलु क्लब जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको आतंक: घरमै पसेर आमा–छोराको लियो ज्यान, स्थानीयको प्रदर्शनपछि चारबुँदे सहमति
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण