मुम्बईलाई हराउँदै पन्जाबले गर्यो शीर्ष दुईमा स्थान सुनिश्चित
काठमाडौँ । मुम्बई इन्डियन्सविरुद्ध सात विकेटको जित निकाल्दै पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ को शीर्ष दुईमा स्थान सुनिश्चित गरेको छ ।
सोमबार जयपुरमा भएको खेलमा मुम्बईले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पन्जाबले १८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । पन्जाबको जितमा जस इंग्लिसले ४२ बलमा नौ चौका र तीन छक्कासहित ७३ रन बनाए । ओपनर प्रियान्स आर्याले ३५ बलमा नौ चौका र दुई छक्कासहित ६२ रन बनाए । कप्तान श्रेयस ऐयरले २६ र प्रभसिम्रन सिंहले १३ रन थपे ।
मुम्बईका मिचेल स्यान्टनरले दुई र जसप्रीत बुमराहले एक विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।
मुम्बईका सूर्यकुमार यादवले ५७ रन बनाएका थिए । र्यान रिकेलटोनले २७, कप्तान हार्दिक पन्ड्याले २६, रोहित शर्माले २४ र नमन धिरले २० रन थपे ।
पञ्जावका अर्शदीप सिंह, मार्को जान्सेन र विजयकुमार व्यासकले समान दुई विकेट लिए । हरप्रीत ब्रारले एक विकेट हात पारे ।
लिग चरणबाट १४ खेलबाट १९ अंक जोड्दै पन्जाब तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण