मुम्बईलाई हराउँदै पन्जाबले गर्यो शीर्ष दुईमा स्थान सुनिश्चित

काठमाडौँ । मुम्बई इन्डियन्सविरुद्ध सात विकेटको जित निकाल्दै पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ को शीर्ष दुईमा स्थान सुनिश्चित गरेको छ ।
सोमबार जयपुरमा भएको खेलमा मुम्बईले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पन्जाबले १८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । पन्जाबको जितमा जस इंग्लिसले ४२ बलमा नौ चौका र तीन छक्कासहित ७३ रन बनाए । ओपनर प्रियान्स आर्याले ३५ बलमा नौ चौका र दुई छक्कासहित ६२ रन बनाए । कप्तान श्रेयस ऐयरले २६ र प्रभसिम्रन सिंहले १३ रन थपे ।
मुम्बईका मिचेल स्यान्टनरले दुई र जसप्रीत बुमराहले एक विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।
मुम्बईका सूर्यकुमार यादवले ५७ रन बनाएका थिए । र्यान रिकेलटोनले २७, कप्तान हार्दिक पन्ड्याले २६, रोहित शर्माले २४ र नमन धिरले २० रन थपे ।
पञ्जावका अर्शदीप सिंह, मार्को जान्सेन र विजयकुमार व्यासकले समान दुई विकेट लिए । हरप्रीत ब्रारले एक विकेट हात पारे ।
लिग चरणबाट १४ खेलबाट १९ अंक जोड्दै पन्जाब तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ
-
बजेटमाथिको सैद्धान्तिक छलफलको समय आधा घट्यो
-
मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
-
महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
-
घरेलु मदिरा ब्राण्डिङ कार्यक्रमलाई संघीय सरकारको जम्मा चार हजार बजेट !
-
अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल