सभामुखको कार्यकक्षमा छलफल, गृहमन्त्रीको राजीनामा अडान कायमै
सारांश
- गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै प्रतिपक्षले सदन चल्न दिएन।
- संसद भवनमा दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेको छलफल जारी छ।
- भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको भन्दै प्रतिपक्षले छानबिनको माग गरेको छ।
काठमाडौँ । प्रतिपक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन चल्न नदिएपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् ।
मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेत र सचेतकहरू सहभागी छन् ।
छलफलमा प्रतिपक्षले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको समेत नाम जोडिएको भन्दै छानबिनका लागि राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने अडान छाडेका छैनन् ।
त्यस्तै सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिनुपर्ने माग राखेका छन् ।
तर सत्तापक्षको मागमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी भने सहमत हुन सकेका छैनन् ।
यसअघि भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधि सभा बैठक प्रभावित बनेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेर छलफल थालेपनि सहमति जुट्न नसक्दो साढे दुई बजे बस्ने भनिएको बैठक समेत बस्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण