एनआरएनए आईसीसीले नेपालीको हितमा काम गर्नुपर्छ : राजदूत यादव
बुधबार, १४ जेठ २०८२, १७ : ०३
काठमाडौँ । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले नेपालबाट अस्ट्रेलिया आएका लाखौँ नेपालीको हितमा एनआरएनए आईसीसीले काम गर्नुपर्ने बताएकी छन् । बुधबार अष्ट्रेलियाको क्यानभेरा रहेको नेपाली राजदूतावासमा एनआरएनए आईसीसीका सदस्यहरूसँगको भेटमा राजदूत यादवले अझै व्यवस्थित रूपमा धेरै नेपालीहरूको हक हितका लागि एनआरएनए आईसीसी लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा एनआरएनए आईसीसी ओसियानाका क्षेत्रीय संयोजक इरशाद अहमद र क्षेत्रीय उप–संयोजक प्रताप रानालाई राजदूत यादवले सम्मान गरिन् । सम्मानित अहमद र रानालाई एनआरएनए आईसीसीलाई चुस्तदुरुस्त बनाएर अघि बढ्न पनि राजदूत यादवले आग्रह गरिन् ।
कार्यक्रममा राजदूत यादवको जन्मदिन एनआरएनए आईसीसीको टोलीलेले केक काटेर मनाइदिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण