जिल्लाको सीमा विवाद समाधान गर्न कार्यदल गठन

समाचार सारांश
- सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाबीचको सीमा विवाद समाधान गर्न कार्यदल गठन गरिएको छ। कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ।
- ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ, जसमा दुवै जिल्लाका अधिकारीहरू सदस्य छन्।
- खिजिदेम्बा गाउँपालिका-९ र सोलुखुम्बुको सीमा क्षेत्र तोलुगुम्बा बुलबुलेमा लामो समयदेखि विवाद रहेको छ।
सोलुखुम्बु । सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला बिचको सिमाना विवाद समाधान गर्न कार्यदल गठन भएको छ । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्ने कार्यादेश छ ।
जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न दुवै जिल्लाका सुरक्षा समितिको संयुक्त बैठकले सीमा विवाद समाधानका लागि ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको हो ।
समितिका सदस्यहरुमा ओखलढुङ्गाका मालपोत अधिकृत निरकुमार ढुङ्गाना, नापी अधिकृत सविन विके,सोलुखुम्बुका नापी अधिकृत प्रमोद गुरागाइँ र मालपोत अधिकृत विदेश खनाल सदस्य रहेका छन् ।
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका –९ र सोलुखुम्बुको सिमानामा पर्ने तोलुगुम्बा बुलबुले क्षेत्रमा लामो समयदेखि विवाद छ । २०४३ सालमा यो क्षेत्र ओखलढुङ्गामा पर्ने भनिए पनि सोलुखुम्बुसँग विवाद छ ।
बैठकमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसहित दुवै जिल्लाका सुरक्षा समितिका सदस्यहरुको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
श्रमदानमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण
-
यातायात बन्द हुँदा यस्तो देखियो काठमाडौँ, तस्बिरहरू
-
फ्रान्समा पीएसजीको जितको उत्सवका क्रममा २ जनाको मृत्यु, ५०० जना पक्राउ
-
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र
-
शिलान्यासको छ वर्षपछि बल्ल नमुना सदरमुकाम निर्माण थालियो