सर्लाहीको हरिपुरमा आगलागीमा परी चार वर्षीया बालिकाको मृत्यु
आइतबार, १८ जेठ २०८२, २१ : २६
सर्लाही । सर्लाही जिल्लाको हरिपुर नगरपालिका नम्बर १ हजारबिघामा आगलागीबाट एक चार वर्षीया बालिकाको मृत्यु भएको छ।
हरेराम महतोकी छोरी लक्ष्मीकुमारी महतोको आगोले जलेर उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरन्जन भट्टराईले जानकारी दिए।
घटना जेठ १५ गते बिहान बालिका आफ्नै घरमा चुल्होमा कुँडो पकाइरहेको बेला खेल्ने क्रममा आगोमा परेकी थिइन्।
आगोले उनको कम्मर पछाडिपट्टीको भाग जलेर गम्भीर घाइते बनाएको थियो।
परिवारले उनलाई तत्काल बरहथवास्थित नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पुर्याएका थिए। तर उपचारकै क्रममा गएराति उनको मृत्यु भएको हो।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण