मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

सर्लाहीको हरिपुरमा आगलागीमा परी चार वर्षीया बालिकाको मृत्यु

आइतबार, १८ जेठ २०८२, २१ : २६
आइतबार, १८ जेठ २०८२

सर्लाही । सर्लाही जिल्लाको हरिपुर नगरपालिका नम्बर १ हजारबिघामा आगलागीबाट एक चार वर्षीया बालिकाको मृत्यु भएको छ।

हरेराम महतोकी छोरी लक्ष्मीकुमारी महतोको आगोले जलेर उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरन्जन भट्टराईले जानकारी दिए।

घटना जेठ १५ गते बिहान बालिका आफ्नै घरमा चुल्होमा कुँडो पकाइरहेको बेला खेल्ने क्रममा आगोमा परेकी थिइन्।

आगोले उनको कम्मर पछाडिपट्टीको भाग जलेर गम्भीर घाइते बनाएको थियो।

परिवारले उनलाई तत्काल बरहथवास्थित नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पुर्‍याएका थिए। तर उपचारकै क्रममा गएराति उनको मृत्यु भएको हो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप