पठाओले भन्यो- नियमित शुल्क बाहेक कुनै पनि भाडा वृद्धि भएको छैन
सारांश
- सार्वजनिक यातायात बन्द हुँदा पठाओले भाडा नबढाएको जानकारी दियो।
- यात्रुको सहजताका लागि राइडरहरूलाई प्रोत्साहनस्वरूप क्वेस्ट र इन्सेन्टिभ दिइनेछ।
- पठाओले सुरक्षित यात्राका लागि मोबाइल एपबाटै राइड बुक गर्न र अफलाइन यात्रा नगर्न आग्रह गरेको छ।
काठमाडौँ । आज सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङले भाडा वृद्धि गरेको समाचारहरू आइरहेको बेला नेपालको राइड सेयरिङ कम्पनी पठाओ नेपालले पठाओ मोबाइल एपमा नियमित शुल्क बाहेक कुनै पनि वृद्धि नभएको बताएको छ ।
कम्पनीले यात्रुहरूलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न पठाओले राइडरहरुलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर प्रोत्साहन गरेको बताइएको छ ।
पठाओले आफ्नो सामाजिक सन्जालमार्फत यो जानकारी गराएको हो । साथै पठाओले सुरक्षित र सुनिश्चित राइडका लागि अफलाइन यात्रा नगर्न यात्रुहरूलाई अनुरोध गरेको छ ।
अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुर्व्यवहारमा परेको घटना यस अगाडि नेपाल प्रहरीले नै बताउँदै आएको छ । अफलाइन यात्रा गर्दा सोको रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन पठाओले अनुरोध गरेको छ ।
साथै पठाओले केही समस्या पर्दा २४सै घण्टा पठाओको कल सेन्टरको नम्बर ०१-५९७००९९ मा सम्पर्क गरी पठाओ राइडसम्बन्धी गुनासो र उजुरी गर्न सक्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण