पूर्वराष्ट्रपति भण्डारी १० दिने चीन भ्रमण सकेर स्वदेश फर्कँदै
सोमबार, १९ जेठ २०८२, १० : २३

समाचार सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा रहेको टोली चीनको १० दिने भ्रमण पूरा गरी स्वदेश फर्किँदै छ।
- भ्रमण टोलीले बेइजिङ, गान्सु र छेन्दुमा उच्चस्तरीय भेटघाट र कार्यक्रममा भाग लिएको थियो।
- भण्डारीसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने कार्यक्रम रहेको छ।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली छिमेकी मुलुक चीनको दश दिने भ्रमण सकेर सोमबार स्वदेश फर्किँदैछ । राजधानी बेइजिङ र गान्सुमा उच्चस्तरीय भेटवार्ता तथा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँगको संवाद र सभ्यतासँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गरेर भण्डारी नेतृत्वको टोली सिचुआन प्रान्तको छेन्दु हुँदै स्वदेश फर्किन लागेको हो ।
भण्डारीसहितको टोली पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बताइएको छ । विमानस्थलमा पूर्व राष्ट्रपति भण्डारीले चीन भ्रमणबारे सञ्चारकर्मीसँग कुराकानी गर्नेछिन् ।
चीन भ्रमणका क्रममा भण्डारीले चिनियाँ उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख (मन्त्रीसरह ओहोदाका) लिउ जियान्चाओ लगायतसँग भेटवार्ता गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनावारी नहुनु वा ढिलाइ हुनुका आठ कारण
-
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता’
-
सुडानमा जारी युद्धका कारण चार लाखभन्दा बढी नागरिक विस्थापित : संयुक्त राष्ट्रसङ्घ
-
दक्षिण कोरियाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका ली जे–म्युङको जित निश्चित
-
विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर
-
भूकम्पको त्रासबिच पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार