शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

सोमबार, १९ जेठ २०८२, १६ : २४
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ । दुई अध्यक्षबिच सिंहदरबारमा भेट भएको प्रचण्डको सचिवालयले जानकारी दिएको हो ।

आज नै प्रमुख तीन दलका शीर्ष नेताहरूबिच छलफल हुँदैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड बिच छलफल हुन लागेको हो ।

शीर्ष नेताहरूबिच संसद्को गतिरोध हटाउने लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप