गायक तथा सङ्गीतकार रसिकको मङ्गलबार अन्त्येष्टि गरिने
सोमबार, १९ जेठ २०८२, १७ : २३
काठमाडौँ । ७८ वर्षको उमेरमा आइतबार ललितपुर हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएका गायक तथा सङ्गीतकार गणेश रसिकको मङ्गलबार अन्त्येष्टि हुने भएको छ ।
उनको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा गरिनेछ । अन्त्येष्टि अघि उनको शव पशुपतिमै बिहान ९ बजेदेखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।
रसिकका परिवारको इच्छा अनुसार उनलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपतिमा मात्र राखिन लागिएको सङ्गीतकार सङ्घका अध्यक्ष अष्ट लामाले बताए ।
अध्यक्ष लामाका अनुसार रसिककी छोरी सोमबार बेलायतबाट आएकी छन् । श्रद्धाञ्जली कार्यक्रममा रसिकको चर्चित गीत ‘यो नेपाली ठिटो...’ लाई विभिन्न कलाकारहरूबाट प्रस्तुत गर्दै श्रद्धाञ्जली दिइनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण