बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय
आन्दोलन

सार्वजनिक यातायात बन्दको दोस्रो दिन फाट्टफुट्ट चले भाडाका गाडी, तस्बिरहरू

मङ्गलबार, २० जेठ २०८२, १२ : १०
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • यातायात व्यवसायीको बन्दको दोस्रो दिन काठमाडौंमा फाट्टफुट्ट सार्वजनिक यातायातका साधन चले।
  • गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली स्थगन गर्न माग गर्दै व्यवसायीले बन्द फिर्ता लिएका छैनन्।
  • प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश सरकारलाई नियमावली स्थगन गर्न पत्राचार गर्ने सहमति भएको थियो।

काठमाडौँ । यातायात व्यवसायीहरूले गरेको सार्वजनिक यातायात बन्दको दोस्रो दिन मंगलबार काठमाडौँमा फाट्टफुट्ट भाडाका गाडी चलेका छन् । हिजो राति नै सहमति भएको भनिएपनि कार्यान्वयनमा नगएकाले यातायात व्यवसायीले बन्द  फिर्ता गरेका छैनन् । 

तैपनि राजधानीमा हिजो भाडाका सवारीसाधन ठप्प प्रायः रहेकामा मंगलबार भने फाट्टफुट्ट चलेका हुन् । 

यातायात व्यवसायीले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न माग गरेका छन् । सोमबार उनीहरूको मागका सम्बन्धमा भएको वार्तामा प्रधानमन्त्री कार्यालयमार्फत निर्णय स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्नेगरी सहमति भएको थियो । 

तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी सरकारले जति चाँडो नियमावली स्थगनको निर्णय गर्छ त्यति चाँडो आफूहरूले यातायातको कार्यक्रम फिर्ता लिने बताएका छन् ।

yatayat banda (1)yatayat banda (2)yatayat banda (3)yatayat banda (4)yatayat banda (5)yatayat banda (6)yatayat banda (7)yatayat banda (8)yatayat banda (9)yatayat banda (10)yatayat banda (11)yatayat banda (12)yatayat banda (13)yatayat banda (14)yatayat banda (15)yatayat banda (16)yatayat banda (17)yatayat banda (18)yatayat banda (19)yatayat banda (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?