बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय
अपडेट

सदन सञ्चालनबारे सत्तापक्ष र प्रतिपक्षसँग छलफलमा सभामुख

मङ्गलबार, २० जेठ २०८२, १२ : ४७
मङ्गलबार, २० जेठ २०८२

काठमाडौँ । प्रतिनिधिसभा बैठक सञ्चालनबारे सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । छलफलमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया पनि छन् । संसद् भवन नयाँ वानेश्वरमा भइरहेको छलफलमा विपक्षीहरूको माग सम्बोधन र सदन सञ्चालनबारे छलफल भइरहेको छ ।

विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै आएका छन् । 

यसअघि बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले विगतका गृहमन्त्रीको कार्यकालको समेत भिजिट भिसा प्रकरण सम्बन्धित छानबिन आयोग बनाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?