लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
मङ्गलबार, २० जेठ २०८२, १५ : ५५
काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा लिवियामा कार्यरत नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
लिबिया अन्तर्गत तैनाथ स्पेसल गार्ड युनिट भित्र पर्ने भगवती प्रसाद गुल्म (शान्ति सेना) को छैटौं डफ्फालाई फिर्ता गरी नयाँ भैरवीदल गुल्म (शान्ति सेना) को सातौं डफ्फालाई त्यसको स्थानमा पठाइएको हो।
यस क्रममा सातौं डफ्फाका ११५ जना शान्ति सैनिकहरू सेनानी रामकृष्ण बस्नेतको नेतृत्वमा जेठ १९ गते मिसन क्षेत्रतर्फ प्रस्थान गरेका छन्।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी छठौं डफ्फामा रहेका ११५ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी विश्वनाथ तिमल्सिनाको नेतृत्वमा जेठ २० गते स्वदेश फर्किएका छन्।
हाल लिवियामा कार्यरत सो मिशनमा नेपाली सेनाका २३२ जना शान्ति सैनिकहरू खटिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण