लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
मङ्गलबार, २० जेठ २०८२, १५ : ५५

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा लिवियामा कार्यरत नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
लिबिया अन्तर्गत तैनाथ स्पेसल गार्ड युनिट भित्र पर्ने भगवती प्रसाद गुल्म (शान्ति सेना) को छैटौं डफ्फालाई फिर्ता गरी नयाँ भैरवीदल गुल्म (शान्ति सेना) को सातौं डफ्फालाई त्यसको स्थानमा पठाइएको हो।
यस क्रममा सातौं डफ्फाका ११५ जना शान्ति सैनिकहरू सेनानी रामकृष्ण बस्नेतको नेतृत्वमा जेठ १९ गते मिसन क्षेत्रतर्फ प्रस्थान गरेका छन्।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी छठौं डफ्फामा रहेका ११५ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी विश्वनाथ तिमल्सिनाको नेतृत्वमा जेठ २० गते स्वदेश फर्किएका छन्।
हाल लिवियामा कार्यरत सो मिशनमा नेपाली सेनाका २३२ जना शान्ति सैनिकहरू खटिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
इरान, अफगानिस्तानलगायत यी १२ देशका मानिसहरूलाई ट्रम्पले अमेरिका यात्रामा लगाए प्रतिबन्ध
-
न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ : कमल थापा
-
पुटिनसँग कुरा गरेपछि ट्रम्पले युक्रेनलाई दिए यस्तो चेतावनी
-
प्रियङ्का अभिनीत ‘सबैलाई छोडेर’ गीत सार्वजनिक
-
कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव