शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

लोसपाका महासचिव मिश्रलाई प्रवक्ताको पनि जिम्मेवारी

बुधबार, २१ जेठ २०८२, ११ : ३८
बुधबार, २१ जेठ २०८२

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका महासचिव मनिष कुमार मिश्रलाई पार्टी प्रवक्ताको थप जिम्मेवारी दिएको छ ।

पार्टीको संशोधित विधान अनुसार थप जिम्मेवारीका साथ मिश्रलाई उक्त पदमा मनोनयन गरिएको अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

विद्यार्थीबाट राजनीतिमा प्रवेश गरेका महासचिव मिश्रको कार्यकौसलता हेरेर प्रवक्ताको जिम्मेवारी दिएको बताइएको छ । यसअघि पार्टीका उपाध्यक्ष डा आभास लाभलाई प्रवक्ताको जिम्मेवारी पार्टीले दिएको थियो ।

अध्यक्ष ठाकुरले मिश्रको कार्यकाल पार्टी, प्रदेश तथा देशको हितमा प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप