‘भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले राखेका माग पूरा गर्न असम्भव’
बुधबार, २१ जेठ २०८२, २० : २५
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले राखेका माग पूरा गर्न असम्भव रहेको बताएका छन् ।
बुधबारको संसद् बैठक अवरुद्ध भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआउने र प्रतिपक्षीले भनेजस्तो छानबिन समिति पनि गठन हुन नसक्ने स्पष्ट पारेका हुन् ।
उनले गृहमन्त्रीलाई सांसदबाट जवाफ दिनुपर्ने वातावरण बनाउनुपर्ने र विपक्षीले पहिले गृहमन्त्रीको कुरा सुन्नुपर्ने धारणा राखे । संसद्को गतिरोध कायम राख्ने नियतका साथ प्रतिपक्षीले हल्का रूपमा अपरिपक्व तरिकाले राखेको विषयलाई पुनर्विचार गर्नुपर्ने उनले बताए ।
बर्तौलाले सरकारलाई रोकेर प्रतिपक्षीले संसद्लाई बन्धन बनाउन नमिल्ने धारणा राखे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण