रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना
सारांश
- चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा संलग्नताको आरोपमा पक्राउ परेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर सम्पर्कविहीन भएका छन्।
- मिश्र र शमशेरलाई उपस्थित नगराएपछि उनीहरूलाई जिम्मा लिने कानुन व्यवसायी र स्वकीय सचिवलाई जरिवाना तिराउने निर्णय गरिएको छ।
- तीनकुने घटनामा संलग्नताको आरोपमा मुद्दा दायर भएका दुर्गा प्रसाईंसहित ५० जनाको काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।
काठमाडौँ । चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर सम्पर्कविहीन भएका छन् । उनलाई जिम्मा जमानीमा लिने कानुन व्यवसायी र स्वकीय सचिवले काठमाडौँ जिल्ला अदालतमा बयानका लागि उपस्थित नगराएका हुन् ।
जिम्मा जमानीमा लिने मिश्रका कानुन व्यवसायीहरू वसन्त ब्लोन र श्यामबहादुर शाही तथा शमशेरका स्वकीय सचिव उमेश विष्टलाई जनही २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय प्रहरीले गरेको छ ।
जिम्मा जमानीमा लानेलाई जनही २५ हजार रुपैयाँ तिराउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता एसपी अपिल बोहराले बताए । तीनकुने घटनामा संलग्न आरोपमा मुद्दा दायर भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ५० जनाको काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण