युइएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेनको शानदार जित
सारांश
- युइएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेनले फ्रान्सलाई ५-४ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो।
- स्पेनका लागि निको विलियम्स, माइकल मेरिनो, लमिन यमाल र पेड्रो गोन्जालेज लोपेजले गोल गरे, भने फ्रान्सका लागि केलियन एमबाप्पे र थियो हर्नान्डेजले गोल गरे।
- फाइनलमा स्पेनले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ, जुन खेल जुलाई ९ मा हुनेछ।
काठमाडौँ । युइएफए नेसन्स लिगको दोस्रो सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै साबिकको विजेता स्पेन लिगको फाइनल प्रवेश गरेको छ ।
जर्मनीको एमएचपी एरिनमा नेपाली समयअनुसार शुक्रबार बिहान १२ः४५ मा सुरु भएको खेलमा फ्रान्सलाई ५ः४ ले पराजित गर्दै स्पेन फाइनल प्रवेश गरेको हो ।
स्पेनका लागि निको विलियम्सले २३ औँ मिनेटमा पहिलो गोल गरे भने खेलको २५ औँ मिनेटमा माइकल मेरिनो दोस्रो गोल गरे । खेलको ५३ औँ मिनेटमा स्पेनका स्ट्राइकर लमिन यमालले पेनाल्टी मार्फत गोल गर्दै स्पेनलाई ३ः० को अग्रता दिलाए भने, तेस्रो गोलको दुई मिनेट भित्रै स्पेनका पेड्रो गोन्जालेज लोपेज अर्काे गोल गर्दै स्पेनलाई ४ः ० को अग्रता दिलाएका थिए ।
४ः० ले पछि परेको फ्रान्सले ५९ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पहिलो गोल गर्न सफल भएको थियो । फ्रान्सका लागि स्ट्राइकर केलियन एमबाप्पेले गोल गरेका थिए । रोमाञ्चक सेमिफाइनल खेलको ६७ औँ मिनेटमा लमिन यमालले आफ्नो दोस्रो गोल थप्दै टिमलाई ५ः१ को अग्रता दिलाएका थिए ।
खेलमा फर्किन प्रयास गरेको फ्रान्सकलालागि थियो हर्नान्डेजले ७९ औँ मिनेट गोल गर्दै अन्तर घटाउने प्रयास गरेका थिए । निर्धारित ९० मिनेट सकिन ६ मिनेट बाँकी हुँदा स्पेनका ड्यानी भिभियनले आत्मघाती गोल गर्दा फ्रान्सले तीन गोल पुर्याएको थियो ।
९० मिनेटको समय पछि खेलमा थपिएको अतिरिक्त ५ मिनेट रान्डल कोलो मुआनीले गोल गर्दै खेलको स्कोर ५ः४ पुर्याएका थिए ।
अब स्पेनले जुन ९ मा सन् २०१९ को लिग विजेता पोर्चुगलसँग भिड्ने छ। यसअघि सन् २०२३ मा स्पेनले उपाधि हात पारिसेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण